शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी १० उपायहरु

शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ ।

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी १० उपायहरु

१‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३‍. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ । ४‍. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ । ५‍. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन । ६‍. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने । ७‍. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ । ८‍. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ । ९‍. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ । १०‍. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।
स्वास्थ्य खबर पत्रिकाबाट